Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १२ : ११ मा प्रकाशित

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

ज्योति विकास बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पुस २८ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष २९ गतेदेखि माघ १४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस २८ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको १३औं वार्षिक साधारण सभा माघ १४ गते, बुधबार हुँदैछ । सभामा बैंककाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको