Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको सेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

बुधबार, २९ पुस २०७७, ०८ : ०९ मा प्रकाशित

ज्योति विकास बैंकको सेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ज्योति विकास बैंक लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।

बैंककाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २१९ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे १३औं वार्षिक साधारण सभा माघ १४ गते, बुधबार हुँदैछ ।

सभामा बैंककाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको