Like us!
Follow us!
Connect us!
Watch us!

अब मासिक किस्ताबन्दीमा भायानेटको इन्टरनेट जडान गर्न सकिने

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, १५ : ४५ मा प्रकाशित

अब मासिक किस्ताबन्दीमा भायानेटको इन्टरनेट जडान गर्न सकिने

भायानेटले आफ्ना ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भायानेट मासिक किस्ताबन्दी अर्थात् इएमआई (EMI) अफर ल्याएको छ ।

इएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरलरुपले शुल्क तिर्न सकिने प्रावधान छ ।

यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र रु. १९५६ तिरेमा पाउनुहुनेछ १२ महिनाको अवधिको ३०Mbps इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटासेट–टप–बक्स(वैकल्पिक) सहित । इएमआई अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइनेछ। यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध छ ।

यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित छ । तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने बताइएको छ । यसरी इएमआईमा  पैसा तिर्दा ग्राहकहरुले १ वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिकरुपमा बिस्तारै तिर्ने सुविधा प्रदान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको