Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को सुरुवात

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १६ : ५४ मा प्रकाशित

गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को सुरुवात

गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ । 

हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ । डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताउनुहुन्छ । 

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको