Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको नाफा ५१.४९ प्रतिशतले बढ्दा अन्य सूचक के भए ?

अर्थ संसार

सोमबार, १२ माघ २०७७, १२ : ०९ मा प्रकाशित

कुमारी बैंकको नाफा ५१.४९ प्रतिशतले बढ्दा अन्य सूचक के भए ?

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ५१.४९ प्रतिशतले धेरै हाे । 

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३७.०१ प्रतिशतले धेरै हाे । 

त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ५३.४७ प्रतिशतले धेरै हाे । 

त्यस्तै, बैंककाे चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८२ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

 

600e647ed4ee5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको