Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

सोमबार, १२ माघ २०७७, १५ : ५० मा प्रकाशित

सोमबार यी कम्पनीका लगानीकर्ता मालामाल

आज (सोमबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  आज नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ भने सेन्सेटिभ परिसूचक भने घटेको छ ।

आज नेप्से परिसूचक १६.०४ अंकले बढेर २४४०.८७ अंकमा पुगेको हो  । नेप्से ०.६६  प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ अंकले घटेर ४५१.८२  अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४  कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८  हजार ७३१  रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार नागरिक लगानी कोषका सेयरधनीहरुले सर्वाधिक नाफा आर्जन  गरेका छन् ।  कोषको सेयरमूल्य १० प्रतिशतले बढेको हो । 

त्यसैगरी, क्रमशः गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालयन पावर कम्पनी लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, एन आर एन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड र नेपाल बैंक लिमिटेडका सेयरधनीले पनि सर्वाधिक नाफा कमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको