Like us!
Follow us!
Connect us!
Watch us!

बाबुराम सेयर नबुझ्ने बिद्धान,बिष्णु पौडेल माटो सुहाउदो अर्थमन्त्री: लगानीकर्ता नानिबाबु खरेल

लगानीकर्ताको आवाज

मंगलबार, १३ माघ २०७७, ०८ : १७ मा प्रकाशित

सेयर बजारमा एक दशकभन्दा लामो अनुभव हासिल गरेका लगानीकर्ता नानिबाबु खरेल अहिलेको समय सेयर लगानीका लागि उत्तम रहेको बताएका छन् ।

आफू २०६४/२०६५ देखि आफन्तहरुको उत्प्ररेणाले सेयर बजारमा प्रबेश गरेकोे बताउने खरेल नयाँ आउने लगानीकर्ताहरुलाई सोच बिचार गरेर मात्र कुनै कम्पनीको सेयरमा लगानी गर्न सुझाउँछन् ।

कुनै पनि कम्पनीको सेयर खदिद गर्दा कम्पनीको बित्तीय अवस्था, कम्पनीले हालसम्म प्रदान गरेको लाभांश र कम्पनीको व्यवस्थापकीय पक्षको राम्रोसँग अध्ययन गरेरमात्र कम्पनीमा लगानी गर्नपर्ने उनको सुझाव छ । कुनै कम्पनीको धितोपत्र दोस्रो बजार कारोबार गर्दा अत्यन्तै बिचार पुर्याउनु पर्ने भए पनि कुनै पनि कम्पनीको आईपिओ खरिद गर्न भने सोच्नु नपर्ने उनको तर्क छ ।

आइपिओमा लगानी गर्दा आँखा चिम्लियर गरे पनि राम्रो मुनाफा दिने उनी बताउँछन् । सेयरमा गरेको लगानीबाट सन्तुष्ट खरेलले हालसम्म पाँच गुणा भन्दा बढी मुनाफा हासिल गरेको दावी गर्छन् । सेयर बजार कारोबार भनेको देशको अर्थतन्त्रको मेरुदण्ड हो ।यहाँ भएका हरेक कारोबारको हिसाब किताब पारदर्शी हुन्छ । हरेक कारोबारबाट सरकारले कर प्राप्त गर्दछ ।

यो कारोबारमा व्यक्तिले कुनै समय नोक्सान व्यहोर्न परे पनि सरकारलाई भने सँधै फाइदा हुने उनको तर्क छ । सेयर बजारको बिकासबाट सरकारलाई प्रत्यक्ष फाइदा पुग्ने, घरमा थन्किएर रहेको पैसा बजारमा आउने र सरकारको करमा पनि बृद्धि हुने भएकाले अब सरकार र सम्बद्ध निकायहरुले आम जनतालाई सेयरसम्बन्धी शिक्षा र ज्ञान दिनुपर्ने उनको भनाई छ ।

अहिले नेपाली सेयर बजारमा देखिएको जनताको आकर्षणले घरको बाकस र खुत्रुक्केमा थन्किएर बसेको पैसालाई बजारमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाएको उनको भनाई छ । पहिले जस्तो सेयर बजार अहिले काठमाडौं वा सहरमा केन्द्रीत मात्र छैन, अहिले गाँउगाँउसम्म पुगिसकेको छ ।

अब मानिसहरुको घरमा भएको ३ हजारको कुखुरा बेचेर २ हजारको सेयर किन्ने र बाँकी १ हजारको पुनः कुखुरा किन्ने बेला आइसकेको खरेलको भनाइ छ । अहिलेको सेयर बजारको उचाइलार्इ दिर्घकालीन बनाउन अब बैकिङ उपसमूह उकालो लाग्नु पर्ने उनको भनाइ छ । नेपालको सेयर बजारको मेरुदण्ड भनेको बैंकिङ हो, जुन अहिलेसम्म अपेक्षाकृत रुपमा उकालो लाग्न सकेको छैन ।

त्यसैले अबको केही दिनमा धितोपत्र बजारमा बैंकिङ क्षेत्रको उपसूचक उकालो लाग्ने उनको तर्क छ । अहिले बजारमा कतिपय पुराना लगानीकर्ताहरुले कुनै कम्पनीको सेयरमा चलखेल गरि नयाँनयाँ लगानीकर्ताहरुलाई बजारमा फसाउने प्रबृती मौलाएको उनको भनाइ छ ।

उनले पुराना लगनीकर्ताहरुले पनि नयाँ लगानीकर्ताहरुलार्इ फसायर आफूले मात्र मुनाफा कमाउने मानसिकता त्यागी अरुलाई पनि कमाउन दिँएर आफूले पनि कमाउने गरी कारोबार गर्नु पर्ने बताँउछन् ।

१० कित्ता आईपिओले विकृती ल्यायो, नेप्सेबाट काम नै भएन | Bhismaraj Dhungana | Share Split के सम्भव छ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको