Like us!
Follow us!
Connect us!
Watch us!

लामो समयपछि सेयर बजारमा करेक्सन, दोहोरो अंकले घट्यो नेप्से

नेप्से

मंगलबार, १३ माघ २०७७, १५ : १३ मा प्रकाशित

लामो समयपछि सेयर बजारमा करेक्सन, दोहोरो अंकले घट्यो नेप्से

निरन्तर नयाँ रेकर्ड कायम राख्दै आएको सेयर बजारमा आज (मंगलबार) करेक्सन देखिएको  छ ।  आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । 

आज नेप्से परिसूचक १७.७९ अंकले घटेर २४२३.०९ अंकमा पुगेको हो  । नेप्से ०.७३ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ४.५८ अंकले घटेर ४४७.२४ अंकमा पुगेको छ ।

कुल २ सय ७ वटा कम्पनीको १ करोड ९6 लाख ६ हजार ५५५  कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २७ करोड ९७  लाख १  हजार ७७  रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा उपसमूहहरुको मात्र सेयर बढेको छ, भने बाँकी १० वटा उपसमुहको सेयर घटेको छ ।
 
आजको सेयर तालिका हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको