Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्ब माथिको कारोबार

नेप्से

बुधबार, १४ माघ २०७७, १५ : १४ मा प्रकाशित

दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्ब माथिको कारोबार

आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स भने घटेको छ ।

आज नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ अंकमा पुगेको हो  । नेप्से ०.७७ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घटेर ४४६.३८ अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९  कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६२  लाख ३८  हजार ७७०  रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ७ वटा उपसमुहको सेयर घटेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ९८ करोड २९ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
 
आजको सेयर तालिका हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको