Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

नेप्से

बुधबार, १४ माघ २०७७, १५ : ४० मा प्रकाशित

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स भने घटेको छ ।
आज नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ अंकमा पुगेको हो  । नेप्से ०.७७ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घटेर ४४६.३८ अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९  कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६२  लाख ३८  हजार ७७०  रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बढेको सेयर बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता सर्वाधिक नाफा कमाएका छन् कम्पनीको सेयरमूल्य ९.९९ अंकले बढेको हो ।

त्यसैगरी, क्रमशः आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले पनि सर्वाधिक नाफा कमाएका छन् ।

601138dce33f1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको