Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री सहित सबैलाई स्वयंम उपस्थित भई लिखित जबाफ पेस गर्न अदालतको आदेश

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १७ : ०९ मा प्रकाशित

प्रधानमन्त्री सहित सबैलाई स्वयंम उपस्थित भई लिखित जबाफ पेस गर्न अदालतको आदेश

सर्वोच्च अदालतले अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री सहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख सँग लिखित जवाफ माग गरेको छ ।

आज बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री केपी शर्मा ओली,पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख ढुंगानालाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न भनेको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

चार जना पूर्वप्रधानन्यायाधीशले संसद विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए । त्यस्तै पूर्वसभामुख ढुंगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखको टिप्पणीले अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा प्रभावित गर्न खोजेको निवेदकको जिकिर थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको