Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार घटाउन चलखेल, ब्रोकरलाई अग्रिम भुक्तानीको हल्लाबारे के भन्छ सेबोन ?

अर्थ संसार

आइतबार, १८ माघ २०७७, १२ : ३२ मा प्रकाशित

सेयरबजार घटाउन चलखेल, ब्रोकरलाई अग्रिम भुक्तानीको हल्लाबारे के भन्छ सेबोन ?

सेयर खरिद गर्दा अनिवार्य २५ प्रतिशत रकम बुझाउनुपर्ने सेबोनले र्निणय गरेको भन्दै बिभिन्न सञ्चारमध्याम र सामाजिक सञ्जालमा फैलायको हल्ला सुनियोजित र आधारहिन रहेको पाइएको छ । 

शुक्रबार विभिन्न सञ्चार माध्यामहरु र सामाजिक सञ्जालमा नेपाल धितोपत्र बोर्डले अब सेयर खरिद गर्नुपुर्व सेयर खरिद गर्नका लागि २५ प्रतिशत रकम ब्रोकरको खातामा अनिवार्य रुपमा जम्मा गरेको हुनुपर्ने भनि सम्पूर्ण  सेयर ब्रोकरहरुलाई पत्रचार गरेको भन्ने बिषय प्रमुखताका साथ सम्प्रेषण भइरेको थियो । 

तर, यता नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अर्थसंसारसंगको कुराकानीमा हालसम्म बोर्डबाट यस्तो कुनै पनि र्निणय नभएको बताएका छन् । ब्रोकरले २५ प्रतिशतसम्म अग्रिम भुत्तानी लिन पाँउन ब्रोकरको अधिकार भएतापनि अनिवार्य गर्ने भनि सेबोनले कुनै र्निणय  नगरेको ढुंगाना बताउँछन् । 

अनलाइन मार्फत सेयर कारोबार गर्नेहरुका लागि भने सेयर खरिद गर्नुपुर्व सेयर खरिद रकमको २५ प्रतिशत रकम जमानतकारुपमा ब्रोकरकोमा जम्मा गरेपछी मात्र सेयर खरिद गर्न सकिने व्यवस्था छ । 

बिगत केहि महिना देखि सेयर बजारले निरन्तर उकालो यात्रा तय गरिरहेको अवस्थामा बजारमा विभिन्न पक्षहरुबाट चलखेल हुनु कुनै नौलो कुरा भने होइन । कतिपय मानिसहरुले बढ्दो बजारबाट आफ्नो नाफा सुरक्षित गरिसकेकाले पुनः बजारलाई घटाउनमा विभिन्न व्यत्तिहरुले चलखेल गरिरहेको आरोप लगानीकर्ताहरुको छ । 

१० कित्ता आईपिओले विकृती ल्यायो, नेप्सेबाट काम नै भएन | Bhismaraj Dhungana | Share Split के सम्भव छ?

सेयरकाे प्राविधिक विश्लेषण कसरी गर्ने ? बजार ८००० माथि पुग्न सक्छ | Bimal Tiwari | Arthasansar Talk

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको