Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

आइतबार, १८ माघ २०७७, १५ : ४३ मा प्रकाशित

सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो  ।  
आज नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ अंकमा पुगेको हो  । नेप्से २.२६ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ९.७३ अंकले घटेर ४३२.३३ अंकमा पुगेको छ ।

कुल २ सय ४ वटा कम्पनीको १ करोड ५१ लाख १० हजार ४०८  कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २६ करोड ५९ लाख ६४  हजार ६६४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार घट्दा रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्  । त्यसैगरी, क्रमशः गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर लिमिटेड, गुडविल फाइनान्स कम्पनी लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था, माउन्टेन हाइड्रो नेपाल लिमिटेड र आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका लगानीका लगानीकर्ताले पनि सबैभन्दा बढी गुमाएका छन् ।

60167fc8824ae.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको