Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको सेयर बजारमा कति भयो कारोबार ?

नेप्से

मंगलबार, २० माघ २०७७, १५ : २२ मा प्रकाशित

दोहोरो अंकले बढेको सेयर बजारमा कति भयो कारोबार ?

आज (मंगलबार) सेयर बजारले उकालो  यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकले बढेको हो ।  

आज नेप्से परिसूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा पुगेको हो  । नेप्से २.७२ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि १४.१० अंकले बढेर ४५१.३८ अंकमा पुगेको छ ।

कुल २ सय वटा कम्पनीको १ करोड ५३ लाख २५ हजार ६२३  कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार  ९८७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकि १ वटा उपसमूहको मात्र सेयर घटेको छ । आज होटल समुहको सेयर घटेको हो ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५८ करोड ८७  लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-
 

60191e7222079.JPG 60191e722441b.JPG 60191e732a62a.JPG 60191e732e96b.JPG 60191e7388fa6.JPG 60191e73a9482.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको