Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

मंगलबार, २० माघ २०७७, १५ : ५३ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ता मालामाल

आज (मंगलबार) सेयर बजारले उकालो  यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकले बढेको हो ।  
आज नेप्से परिसूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा पुगेको हो  । नेप्से २.७२ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि १४.१० अंकले बढेर ४५१.३८ अंकमा पुगेको छ ।

कुल २ सय वटा कम्पनीको १ करोड ५३ लाख २५ हजार ६२३  कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार  ९८७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सेयर बजार बढ्दा १५ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् ।

त्यसैगरी, जानउत्थान सामुदायिक विकास बैंक लिमिटेड, सपोर्ट माइक्रोफ़ाइनन्स वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, अजोड़ इन्स्योरेन्स लिमिटेड, रियलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर, सानिमा जनरल इस्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीका सेयरधनी पनि मालामाल भएका छन्  ।

6019252e2aee3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको