Like us!
Follow us!
Connect us!
Watch us!

६.८१ अंकले घटेको सेयर बजारमा ग्लोबल आईएमई बैंकको सर्वाधिक कारोबार

नेप्से

बुधबार, २१ माघ २०७७, १५ : १९ मा प्रकाशित

६.८१ अंकले घटेको सेयर बजारमा ग्लोबल आईएमई बैंकको सर्वाधिक कारोबार

आज (बुधबार) सेयर बजारले ओरालो  यात्रा तय गरेको छ । बुधबार सेयर बजारमा सामान्य गिरावट आएको हो ।  
आज नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ अंकमा पुगेको हो  । नेप्से ०.२८ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक भने ०.९२ अंकले बढेर ४५२.२९ अंकमा पुगेको छ ।

यद्यपी आज नेप्सेले भने २५ सयको बिन्दु पार गरेको छ । कारोबारको सुरुवातामा नै आक्रामक रुपले बढेको नेप्सेले आज २५१९.८५ को बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो  । पछी क्रमशः घटेको बजारमा 6 अंकको गिरावट देखिएको हो ।

कुल २ सय १ वटा कम्पनीको २ करोड ७ लाख ८ हजार ६०४ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८५ करोड २५ लाख ३६ हजार  ९१६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकि ८ वटा उपसमूहको सेयर घटेको छ । 
त्यसैगरी, आज कारोबार रकमको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड १९  लाख २४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

601a6f0157d7d.jpg 601a6f04b7394.JPG 601a6f07e6d78.JPG 601a6f0bc2eb6.JPG 601a6f103495e.JPG 601a6f1622405.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको