Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मख्खै !

अर्थ संसार

बुधबार, २१ माघ २०७७, १५ : ५५ मा प्रकाशित

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मख्खै !

आज (बुधबार) सेयर बजारले ओरालो  यात्रा तय गरेको छ । बुधबार सेयर बजारमा सामान्य गिरावट आएको हो ।  

आज नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ अंकमा पुगेको हो  । नेप्से ०.२८ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक भने ०.९२ अंकले बढेर ४५२.२९ अंकमा पुगेको छ । 

 कुल २ सय १ वटा कम्पनीको २ करोड ७ लाख ८ हजार ६०४ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८५ करोड २५ लाख ३६ हजार  ९१६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार घट्दा पनि स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता भने मालामाल भएका छन् । संस्थाको सेयरमूल्य १० अंकले बढेको हो ।

त्यसैगरी, क्रमशः जनउत्थान सामुदायिक लघुवित्त वित्तीय विकास बैंक, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था , महुली लघुवित्त वित्तीय संस्था, अरुण काबेली पावर लिमिटेड, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा माइ हाइड्रोपावर लिमिटेड, रिडी विद्युत कम्पनी लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र सपोर्ट माइक्रोफ़ाइनन्स  वित्तीय संस्थाका लगानीकर्ता पनि बुधबार मालामाल भएका छन् ।

601a777db1648.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको