Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी १० कम्पनीका लगानीकर्ता भए निराश

नेप्से

बुधबार, २१ माघ २०७७, १६ : १८ मा प्रकाशित

बुधबार यी १० कम्पनीका लगानीकर्ता भए निराश

आज (बुधबार) सेयर बजारले ओरालो  यात्रा तय गरेको छ । बुधबार सेयर बजारमा सामान्य गिरावट आएको हो ।  
आज नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ अंकमा पुगेको हो  । नेप्से ०.२८ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक भने ०.९२ अंकले बढेर ४५२.२९ अंकमा पुगेको छ । 

 कुल २ सय १ वटा कम्पनीको २ करोड ७ लाख ८ हजार ६०४ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८५ करोड २५ लाख ३६ हजार  ९१६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार घट्दा पोखरा फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 

त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स कम्पनी, प्रोगेशिभ फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, १०.२५ प्रतिशत सनराइज बैंक ऋणपत्र २०८३, र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताहरुले पनि घाटा बेहोरेका छन्  ।

601a7c50a4959.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको