Like us!
Follow us!
Connect us!
Watch us!

बन्द हड्ताल लगायतका राजनीतिक गतिविधि रोक्न उद्योग बाणिज्य सम्बद्ध संस्थाहरुको अपिल

अर्थ संसार

विहीबार, २२ माघ २०७७, ०७ : ५८ मा प्रकाशित

बन्द हड्ताल लगायतका राजनीतिक गतिविधि रोक्न उद्योग बाणिज्य सम्बद्ध संस्थाहरुको अपिल

उद्योग बाणिज्य क्षेत्रका संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शल बन्द हड्ताल लगायतका कार्यक्रम तत्काल फिर्ता लिई मुलुकलाई थप संकटमा नधकेल्न अपिल गरेका छन् । 

कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द हडताल जस्ता गतिविधिले थप जोखिममा पार्ने देखिएको भन्दै ती संस्थाले संयुक्त विज्ञप्तिमा चालु आर्थिक बर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने निश्चित रहेको बताएका छन् । 

विश्वव्यापी महाव्याधिले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई वन्द हडताल, चक्काजाम एवं आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलन लगायतका गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिने विज्ञप्तीमा उल्लेख छ । यस्तो बिषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजी क्षेत्रको काम गर्न पाउने लगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर छ ।

बन्द हडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढि असर पर्नेतर्पm ती संस्थाहरुले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् । साथै नयाँ संविधान निर्माण पश्चात आर्थिक विकासलाई प्राथमिकतामा राखि बन्द, हडताल, चक्काजाम लगायतका गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले यसअघि गरेको प्रतिवद्धतालाई स्मरण गराएका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको