Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओ सेयरधनीहरुको खातामा जम्मा हुन थाल्यो, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, २२ माघ २०७७, ११ : ५६ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपिओ सेयरधनीहरुको खातामा जम्मा हुन थाल्यो, कतिमा खुल्छ कारोबार ?

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आइपिओ) सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ । उक्त आइपिओ हिजाे बुधबारदेखि लगानीकर्ताको खातामा आउन थालेको हो । 

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ कराेड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरकाे १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने २ जनाले ११ कित्ता सेयर पाएका थिए । 

हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि उक्त सेयर कारोबार गर्न सक्नेछन्  । कम्पनीले सिजीएच (CGH) सिम्बाेल पाएकाे छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको