Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक सर्वेक्षणको गाताको रङ फेरियो, निलोको सट्टा सुनौलो

अर्थ संसार

बुधबार, १३ जेठ २०८३, १७ : ११ मा प्रकाशित

आर्थिक सर्वेक्षणको गाताको रङ फेरियो, निलोको सट्टा सुनौलो

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षणको कभर (गाता) को रङ फेरेका छन् । सरकारले हरेक वर्षको बजेटअघि सार्वजनिक गर्ने आर्थिक सर्वेक्षण पुस्तिकाको गाता निलो रङमा आउने गरेकोमा यसपालि भने यो नेपाली कागजको रङ (हल्का सुनौलो) मा सुनौलो रङको सिक्का प्रयोग गरिएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा १४ को उपदफा २ मा आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमान पेस गर्नुअघि चालु आवको आर्थिक सर्वेक्षण संघीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरूप अर्थमन्त्री वाग्लेले बुधबार संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

आर्थिक सर्वेक्षणमा आर्थिक तथा सामाजिक क्षेत्रका सबै किसिमका तथ्यांक संकलन गरेर राखिन्छ । त्यसका लागि संघीय र प्रादेशिक मन्त्रालय तथा निकाय, संवैधानिक निकाय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, वित्तीय संघसंस्था, अन्तर्राष्ट्रिय संघसंस्था तथा विकास साझेदार लगायतले उत्पादन एवं प्रकाशन गरेका तथ्यांकलाई आधार मान्ने गरिन्छ । आर्थिक सर्वेक्षणमा गत आवको पूर्णअवधि र चालु आव फागुनसम्मको प्रारम्भिक तथ्यांकका आधारमा वास्तविक क्षेत्र, सार्वजनिक वित्त, मौद्रिक तथा वित्तीय र वाह्य क्षेत्रका उपलब्धि विश्लेषण गर्ने गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको