Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बन्दको बावजुद पनि बढ्यो सेयर बजार, कति भयो कारोबार ?

नेप्से

विहीबार, २२ माघ २०७७, १५ : १३ मा प्रकाशित

नेपाल बन्दको बावजुद पनि बढ्यो सेयर बजार, कति भयो कारोबार ?

आज (बिहिबार) नेपाल बन्दको बावजुद पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ । बिहिबार सेयर बजारमा सामान्य अंकले बढेको हो ।  

आज नेप्से परिसूचक ८.३४ अंकले बढेर २४७५.२६ अंकमा पुगेको हो  । नेप्से ०.३४ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि १.६८ अंकले बढेर ४५४.०२ अंकमा पुगेको छ ।

कुल २ सय १ वटा कम्पनीको १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ६ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकि ६ वटा उपसमूहको सेयर घटेको छ । आज १५ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २७ करोड ५३ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

601bc19647b85.JPG 601bc199a9a34.JPG 601bc19ce3320.JPG 601bc1a05dc78.JPG 601bc1a5bce31.JPG 601bc1b210aae.JPG 601bc1b25a4d8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको