Like us!
Follow us!
Connect us!
Watch us!

आमहड्तालमा लगानीकर्ता मालामाल १५ कम्पनीको कारोबार सकारात्मक सर्किट बिन्दुमा

नेप्से

विहीबार, २२ माघ २०७७, १५ : ३९ मा प्रकाशित

आमहड्तालमा लगानीकर्ता मालामाल १५ कम्पनीको कारोबार सकारात्मक सर्किट बिन्दुमा

आज बिहिबार नेकपा नेपाल दाहाल समूहले आयोजना गरेको आम हड्तालको प्रभाव नेपालको धितोपत्र कारोबारमा देखियन । आज नेप्से परिसूचक ८.३४ अंकले बढेर २४७५.२६ को बिन्दुमा पुगेको छ ।  

आज आम हड्तालको दिन पनि धितोपत्र बजारमा १५ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट ब्रेकको बिन्दुमा पुगेको हो । अर्थात आज १५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ । 

आज सेयर मूल्य सर्वाधिक बृद्धि हुने १० कम्पनीहरु मध्यमा ९ कम्पनी माइक्रोफाइनान्स समूहका रहेको नेप्सेले जनाएको छ । 

आज सबैभन्दा धेरै मूल्य बृद्धि सुर्योदय लघुबित्त बित्तिय संस्थाको सेयर मूल्यमा भएको छ । आज कम्पनीको सेयर १० प्रतिशतले बृद्धि भएको नेप्सेले जनाएको छ । 

आज ९ प्रतिशत भन्दा बढिले सेयर मूल्य बृद्धि हुने अन्य कम्पनीहरुमा समिट माइक्रोफाइनान्स,जनउत्थान सामुदायिक लघुबित्त,महुली लघुबित्त,समिट माइक्राफाइनान्स,नेशनल माइक्रोफाइनान्स,उन्नती सहकार्य माइक्रोफाइनान्स,किसान लघुबित्त,सपोर्ट माइक्रोफाइनान्स,ग्रामिण बिकास लघुबित्त र सिनर्जी पावर कम्पनी रहेकाछन । 
यद्दपी सेयर कारोबार रकम भने हिजोको तुलनामा केहि घटेको छ । हिजो ८ अर्ब भन्दा बढि रकमको कारोबार भएकोमा आज भने ७ अर्ब ६१ करोड रपैया बराबरको कारोबार भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको