आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । बिहिबार सेयर बजारमा सामान्य अंकले बढेको हो ।
आज नेप्से परिसूचक ८.३४ अंकले बढेर २४७५.२६ अंकमा पुगेको हो । नेप्से ०.३४ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १.६८ अंकले बढेर ४५४.०२ अंकमा पुगेको छ ।
कुल २ सय १ वटा कम्पनीको १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सेयर बजार बढ्दा पनि प्रभु लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड नबिल ब्यालेन्स फण्ड-२, मेगा बैंक लिमिटेड, युनाइटेड फाइनान्स लिमिटेड, गुडवील फाइनान्स लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस