Like us!
Follow us!
Connect us!
Watch us!

आँधिखोला लघुवित्तको नाफा १०३ प्रतिशतले बढ्यो,ईपिएस कति ?

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १० : १७ मा प्रकाशित

आँधिखोला लघुवित्तको नाफा १०३ प्रतिशतले बढ्यो,ईपिएस कति ?

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको बित्तिय विवरण सार्वजनिक गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार गत वर्ष यही अवधिमा संस्थाले ८८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो बर्ष १०३.२२ प्रतिशतले बढेर संस्थाको खुद आम्दानी १ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष भने सञ्चालन मुनाफा १ करोड ४० लाख रुपैयाँ हाँसिल गरेको संस्थालो चालु आर्थिक बर्षको समीक्षा अवधिमा २ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। ।

त्यस्तै गत वर्ष यस्तो आम्दानी ३ करोड २४ लाख रुपैयाँमा आम्दानी गरेकोमा यो बर्ष यो शिर्षकको आम्दानी पनि बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ। ।

गत वर्षको यो अवधिमा संस्थाले ४१ करोड ८८ लाख रुपैयाँ सापटी लिई ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा या बर्ष भने संस्थाले ४३ करोड ६६ लाख रुपैयाँ सापटी लिई ८९ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यो बर्ष संस्थाको रिजर्भको आकार पनि १०१.३९ प्रतिशतले बढेर ५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।संस्थाको रिजर्भमा गत वर्ष २ करोड ९१ लाख रुपैयाँ मात्र थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि सत प्रतिशत भन्दा बढिले बृद्धि भएको छ । गत बर्ष संस्थाको इपिएस १७.७३ रुपैयाँ रहेकोमा अहिले त्यो बढेर ३६.०४ रुपैयाँ पुगेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १५८.७३ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको