Like us!
Follow us!
Connect us!
Watch us!

साप्ताहिक सेयर समिक्षाः ३ अर्बले घट्यो कारोबार रकम

नेप्से

शुक्रबार, २३ माघ २०७७, १२ : २५ मा प्रकाशित

साप्ताहिक सेयर समिक्षाः ३ अर्बले घट्यो कारोबार रकम

यो साता धितोपत्रको दोस्रो बजार कारोबार रकम करिब ३ अर्ब रुपैयाँले घटेको छ ।  

अघिल्लो साता धितोपत्रको दोस्रो बजार कारोबारमा ४४ अर्ब ४६ करोड रुपैयाँभन्दा माथिको कारोबार भएकोमा यो साता भने कारोबार रकम ६.२५ प्रतिशतले घटेर ४१ अर्ब ६८ करोड रुपैयाँ नाँघेको छ ।

अघिल्लो सातामा दैनिक कारोबारको रेसियो ८ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा यो साता घटेर ८ अर्ब ३३ करोड पुगेको छ । 

यो सातामा नेप्से परिसुचक ४९.९७ अंकले बढेको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से परिसूचक २४२५.३ को बिन्दुमा  थियो । यो साताको साप्ताहिक कारोबारबाट नेप्से २.०६ प्रतिशतले बढेर २४७५.२७ को बिन्दुमा पुगेको छ ।

अघिल्लो साता सेयर बजारको पूँजीकरण ३२ खर्ब ६६ अर्ब रहेकोमा यो साता २.०६ प्रतिशतले बढेर ३३ खर्ब ३४ अर्ब पुगेको छ । 

यो साता धितोपत्रको दोस्रो बजार कारोबारमा सर्वाधिक रकमको कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । कम्पनीको यो साता भने २ अर्ब १ करोडभन्दा बढी मूल्यको सेयर कारोबार भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको