Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश हितग्राही खातामा जम्मा, तपाईकोमा आएन ? यसो गर्नुस्

अर्थ संसार

आइतबार, २५ माघ २०७७, ०८ : ०१ मा प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश हितग्राही खातामा जम्मा, तपाईकोमा आएन ? यसो गर्नुस्

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीको मङ्सिर ३० गते सम्पन्न ५३औं वार्षिक साधारणसभाबाट पारित भएको २५ प्रतिशत बोनस सेयर मङ्सिर १४ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको हो  ।

सो पश्चात सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभौतिकिकरण नगराएका सेयरधनीहरुलाई तत्काल सेयर अभौतिकिकरण गराई आफ्नो बोनस सेयर प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको सूचना हेर्नुहोस् :-

601f4e175b409.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको