Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा नयाँ रेकर्ड, १० अर्बमाथिको कारोबार

अर्थ संसार

आइतबार, २५ माघ २०७७, १५ : ११ मा प्रकाशित

सेयर बजारमा नयाँ रेकर्ड, १० अर्बमाथिको कारोबार

पछिल्लो समय नेपाली सेयर बजारले नयाँ-नयाँ रेकर्ड बनाउन थालेकाे छ । आज(आइतबार) पनि सेयर बजारले नयाँ रेकर्ड राखेको छ । आज नेप्से र कारोबार रकम दुवैले नयाँ रेकर्ड राखेको छ ।

आज नेप्से परिसूचक ४८.७४ अंकले बढेर २५२५ अंकमा पुगेको हो  । नेप्से १.९७ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३० अंकले बढेर ४५९.३२ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ९ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकि ३ वटा उपसमूहको सेयर घटेको छ । आज ७ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले  बढेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५३ करोड १७ लाख ४९  हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-
 

601fb318ee4f7.jpg 601fb31d5c694.JPG 601fb32181d96.JPG 601fb32571477.JPG 601fb32922140.JPG 601fb32d14e63.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको