Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बढ्दा यी कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

आइतबार, २५ माघ २०७७, १५ : ४३ मा प्रकाशित

सेयर बजार बढ्दा यी कम्पनीका लगानीकर्ता मालामाल

पछिल्लो समय नेपाली सेयर बजारले नयाँ-नयाँ रेकर्ड बनाउन थालेकाे छ । आज(आइतबार) पनि सेयर बजारले नयाँ रेकर्ड राखेको छ । आज नेप्से र कारोबार रकम दुवैले नयाँ रेकर्ड राखेको छ ।
आज नेप्से परिसूचक ४८.७४ अंकले बढेर २५२५ अंकमा पुगेको हो  । नेप्से १.९७ प्रतिशले बढेको हो ।  नेप्से २५२५ को बिन्दुमा पुगेको यो पहिलोपटक हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३० अंकले बढेर ४५९.३२ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकम पनि हालसम्मकै उच्च हो ।

सेयर बजार बढ्दा ८ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको  छ । आज नागरिक लगानी कोष, डिप्रोक्स डेभलपमेन्ट बैंक लिमिटेड, गणपति माइक्रोफ़ाइनन्स वित्तीय संस्था लिमिटेड, मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, मन्जुश्री फाइनान्स लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्  ।

यी हुन् आइतबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी:-

601fba3a4cd82.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको