Like us!
Follow us!
Connect us!
Watch us!

यि १० कम्पनीका सेयरधनीले गुमाए !

नेप्से

आइतबार, २५ माघ २०७७, १६ : १० मा प्रकाशित

यि १० कम्पनीका सेयरधनीले गुमाए  !

पछिल्लो समय नेपाली सेयर बजारले नयाँ-नयाँ रेकर्ड बनाउन थालेकाे छ । आज(आइतबार) पनि सेयर बजारले नयाँ रेकर्ड राखेको छ । आज नेप्से र कारोबार रकम दुवैले नयाँ रेकर्ड राखेको छ ।

आज नेप्से परिसूचक ४८.७४ अंकले बढेर २५२५ अंकमा पुगेको हो  । नेप्से १.९७ प्रतिशले बढेको हो ।  नेप्से २५२५ को बिन्दुमा पुगेको यो पहिलोपटक हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३० अंकले बढेर ४५९.३२ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकम पनि हालसम्मकै उच्च हो ।

सेयर बजार बढ्दा पनि आज नेपाल फाइनान्स लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, सनराइज फस्ट मिच्युअल फण्ड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन डिस्टिलरी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, एनसीसी बैंक, शिव श्री हाइड्रोपावर लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र मल्टिपर्पस  फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक घाटा बेहोरेका छन् ।

यी हुन् आइतबार सर्वाधिक गुमाउने १० कम्पनी :-

601fc0769314e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको