Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढ्दा यी १० कम्पनीको सर्वाधिक कारोबार

अर्थ संसार

आइतबार, २५ माघ २०७७, १७ : ०८ मा प्रकाशित

बजार बढ्दा यी १० कम्पनीको सर्वाधिक कारोबार

आइतबार सेयर बजारमा नयाँ रेकर्ड बनेकाे छ ।  आइतबार नेप्से सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाएका हुन् ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ४८.७४ अंकले बढेर २५२४ विन्दुमा पुगेकाे छ । याे हालसम्मकै उच्च विन्दु हाे । नेप्से १.९७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.३० अंकले बढेर ४५९.३२ मा पुगेको छ । कूल २०२ वटा कम्पनीकाे एक कराेड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३ सय ४ रुपैयाँको कारोबार भएकाे छ । याे काराेबार रकम पनि हालसम्मकै उच्च हाे ।

त्यसैगरी, बढेकाे बजारमा  हिमालयन डिष्टीलरी, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लगानी काेषकाे सर्वाधिक काराेबार भएकाे छ ।

बढेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार गर्ने १० कम्पनी :

601fce1b1ab93.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको