Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो ११ कम्पनीको सेयर कारोबार रोक्का,यस्तो छ कारण

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १७ : ०४ मा प्रकाशित

नेप्सेले गर्यो ११ कम्पनीको सेयर कारोबार रोक्का,यस्तो छ कारण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज सोमबार ११ वटा कम्पनीको दोस्रो बजार कारोबार रोक्का गरेको छ । वार्षिक प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

आज नेप्सेले सात हाइड्रोपावर कमपनी, एक जीवन बीमा कम्पनी, एक विकास बैंक र दुइ लघुिवत्त सहित ११ कम्पनीको शेयर कारोबार रोक्का गरेको हो। 

नेप्सेले नेपाल हाइड्रो, पञ्चकन्या माइ हाइड्रोपावर, पाँचथर पावर कम्पनी, राधि विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर, युनियन हाइड्रोपावर, गुँरास लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त र नेश्नल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन नबुझाएको भन्दै शेयर कारोबार रोक्का गरेको हो।

कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड र नेप्से दुबैलाई बुझाउनुपर्ने वार्षिक प्रतिवेदन नबुझाएकोले धितोपत्र बोर्डको निर्देशन बमोजिम कम्पनीहरुको शेयर कारोबार रोक्का गरेको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको