Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो !

नेप्से

मंगलबार, २७ माघ २०७७, १५ : २३ मा प्रकाशित

सेयर बजारमा पहिरो !

आज (मंगलबार) ओरालो यात्रा तय गरेको छ । 
आज नेप्से परिसूचक २९.५७ अंकले घटेर २५३१.९१ अंकमा पुगेको हो  । नेप्से १.१५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ४.८९ अंकले घटेर ४६१.७० अंकमा पुगेको छ ।

कुल १ सय ९२ वटा कम्पनीको १ करोड २० लाख ४२ हजार ५०९ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३ करोड ७५ लाख ५६ हजार ५०९  रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । लामो समयपछि कारोबार रकममा एकैपटक धेरै गिरावट आएको हो ।  अनलाइन ट्रेडिङ सिस्टममा समस्या आउँदा कारोबार रकममा गिरावट आएको हो  ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा मात्र उपसमूहहरुको सेयर बढेको छ भने बाँकि १० वटा उपसमूहको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २८ करोड १४ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

60225c786eb8b.jpg 60225c7b8d848.JPG 60225c7f3b090.JPG 60225c825f022.JPG 60225c85a7471.JPG 60225c8a15f82.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको