Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १६ : ०४ मा प्रकाशित

मंगलबार यी कम्पनीका लगानीकर्ता मालामाल

आज (मंगलबार) ओरालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक २९.५७ अंकले घटेर २५३१.९१ अंकमा पुगेको हो  । नेप्से १.१५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ४.८९ अंकले घटेर ४६१.७० अंकमा पुगेको छ ।

कुल १ सय ९२ वटा कम्पनीको १ करोड २० लाख ४२ हजार ५०९ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३ करोड ७५ लाख ५६ हजार ५०९  रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । लामो समयपछि कारोबार रकममा एकैपटक धेरै गिरावट आएको हो ।  अनलाइन ट्रेडिङ सिस्टममा समस्या आउँदा कारोबार रकममा गिरावट आएको हो  ।

सेयर बजार घट्दा गुडविल फाइनान्स कम्पनी लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स समृद्धि फाइनान्स कम्पनी लिमिटेड लुम्बिनी बिकास बैंकको प्रोमोटर सेयर , प्रभु बैंकको प्रमोटर सेयर, कालिका पावर कम्पनी, नेपाल ल्युब आयल लिमिटेड, आँखु खोला जलविद्युत कम्पनी लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड र ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक कारोबार नाफा आर्जन गर्न सफल भएका छन् । 

60226245b0c2e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको