आज मंगलबार धितोपत्रको दोस्रो बजार कारोबारमा नेप्से परिसुचकले ओरालो यात्रा तय गरेको छ नेप्से परिसुचक दोहोरो अंकले घट्दा कारोबार रकममा पनि भारी गिरावट आएको छ।
आज धितोपत्रको कारोबार रकम भारी अंकले घट्दा सर्वाधिक रकमको सेयर कारोबार ग्रामिण विकास लघुबित्त संस्थाको भएको छ । आज संस्थाको ३४ करोड ७१ लाख रुपैयाँ भन्दा बढि मूल्यको सेयर कारोबार भएको हो ।
आज सर्वाधिक उच्च कारोबार हुने अन्य कम्पनीहरुमा प्रभु बैंक,ग्लोबल आईएमइ बैंक,डिप्रोक्स लघुबित्त,एनआईसी एसिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स,हिमालयन डिस्टिलरी,नबिल बैंक,नेपाल दुरसंचार संस्थान र नेपाल पुनर्बिमा कम्पनी रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस