Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको बजारमा ग्लोबल आईएमइ बैंकको सर्वाधिक कारोबार

नेप्से

बुधबार, २८ माघ २०७७, १५ : १४ मा प्रकाशित

सामान्य अंकले बढेको बजारमा ग्लोबल आईएमइ बैंकको सर्वाधिक कारोबार

आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर बजार सामान्य अंकले उकालो लागेको हो ।

आज नेप्से परिसूचक ८.६६ अंकले बढेर २५४३.०३ अंकमा पुगेको हो  । नेप्से ०.३४ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि २.५६ अंकले बढेर ४६५.१३ अंकमा पुगेको छ ।
कुल १ सय ९१ वटा कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकि ७ वटा उपसमूहको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा ग्लोबल आईएमइ बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५२ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
आजको सेयर तालिका हेर्नुहोस्:-

6023ab529fd5b.JPG 6023ab585ca99.JPG 6023ab645084f.JPG 6023ab6475c8b.JPG 6023ab6480872.JPG 6023ab64d0297.JPG 6023ab650e472.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको