Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी कम्पनीका लगानीकर्ता मालामाल, तपाई पनि पर्नुभयो कि ?

नेप्से

बुधबार, २८ माघ २०७७, १६ : १९ मा प्रकाशित

बुधबार यी कम्पनीका लगानीकर्ता मालामाल, तपाई पनि पर्नुभयो कि ?

आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर बजार सामान्य अंकले उकालो लागेको हो ।

आज नेप्से परिसूचक ८.६६ अंकले बढेर २५४३.०३ अंकमा पुगेको हो  । नेप्से ०.३४ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि २.५६ अंकले बढेर ४६५.१३ अंकमा पुगेको छ ।

कुल १ सय ९१ वटा कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

सेयर बजार बढ्दा गोर्खाज फाइनान्स लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, कुमारी बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, ओरेन्टल होटेल लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स र प्रभु बैंक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको