Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा डिप्रोक्स लघुवित्त अब्बल

नेप्से

विहीबार, २९ माघ २०७७, १५ : १३ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा डिप्रोक्स लघुवित्त अब्बल

साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ अंकमा पुगेको हो  । नेप्से ०.६३ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १.६६ अंकले घटेर ४६३.४७ अंकमा पुगेको छ ।
कुल २ सय ६ वटा कम्पनीको १ करोड ५९ लाख ९२ हजार ९९० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३८ करोड २२ लाख १२ हजार ६३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा मात्र उपसमूहहरुको सेयर बढेको छ भने बाँकि ९ वटा उपसमूहको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड ६३ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

6024fa5090a01.JPG 6024fa5531121.JPG 6024fa59d01ea.JPG 6024fa5c594f9.JPG 6024fa675963c.JPG 6024fa679035f.JPG 6024fa679c15e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको