Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

विहीबार, २९ माघ २०७७, २१ : २३ मा प्रकाशित

बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ अंकमा पुगेको हो  । नेप्से ०.६३ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १.६६ अंकले घटेर ४६३.४७ अंकमा पुगेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड ५९ लाख ९२ हजार ९९० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३८ करोड २२ लाख १२ हजार ६३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

सेयर बजार घट्दा ९ वटा उपसमूहको सेयर घटेको छ । आज बैंक, डेभलपमेन्ट बैंक र म्युचुअल फन्डको मात्र सेयर बढेको छ ।

सेयर बजार घट्दा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, डिप्रोक्स डेभलपमेन्ट बैंक लिमिटेड, आइएमई जनरल इस्योरेन्स लिमिटेड, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
 

60250dc8ab0ed.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको