Like us!
Follow us!
Connect us!
Watch us!

यी ५ कम्पनीका १२ अर्ब २३ करोड बराबरको हकप्रद आउँदै, कुनको कित्ता कति ?

अर्थ संसार

शुक्रबार, ३० माघ २०७७, १८ : ०५ मा प्रकाशित

यी ५ कम्पनीका १२ अर्ब २३ करोड बराबरको हकप्रद आउँदै, कुनको कित्ता कति ?

विभिन्न ५ कम्पनी हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा रहेका छन् ।
ङादी ग्रुप पावर कम्पनी लिमिटेड, रुण हाइड्रोपावर कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक हकप्रद निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन पेश गरेका छन् । बोर्डले स्वीकृति दिएसँगै यी कम्पनीको हकप्रद बजारमा आउनेछ ।

यी कम्पनीका कुल ५ कम्पनीका १२ करोड २३ लाख ९९ हजार ३६१.४० कित्ताबराबर १२ अर्ब २३ करोड ९९ लाख ३६ हजार १४० रुपैयाँका हकप्रद पाइपलाइनमा छन्। 

ङादी ग्रुप पावर कम्पनी लिमिटेड :

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७५ साल पुस २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले सय रुपैयाँ अंकित दरकाे १६ करोड ६ लाख ६६ हजार ४ सय ४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ 

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड :

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल असार ३१ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको छ ।
बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड :

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७५ साल जेठ २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड :

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

महिला लद्युवित्तको IPO : थोरैले पाउँछन् तर पाउने मालामाल हुनेछन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको