Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्य, कारोबारमा नेको इन्स्योरेन्स अब्बल

नेप्से

आइतबार, ०२ फागुन २०७७, १५ : ११ मा प्रकाशित

सेयर बजार राताम्य, कारोबारमा नेको इन्स्योरेन्स अब्बल

साताको पहिलो दिन आज (आइतबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक ३३.३३ अंकले घटेर २४९३.५९ अंकमा पुगेको हो  । नेप्से १.३२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ९.३१ अंकले घटेर ४५४.१२ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड ४८ लाख ५१  हजार ५९२  कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८  हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १ वटा मात्र उपसमूहहरुको सेयर बढेको छ । आज म्युचुअल फण्डको मात्र सेयर बढेको हो । बाँकि ११ वटा उपसमूहको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स कम्पनी  लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५२ करोड ३३  लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

6028eda5a11d3.jpg 6028eda86a2ae.JPG 6028edab4c3e6.JPG 6028edaf1a790.JPG 6028edb1e41a4.JPG 6028edb6481e0.JPG 6028edbaa9959.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको