Like us!
Follow us!
Connect us!
Watch us!

आज यी १० कम्पनीका लगानीकर्ता हिस्स !

नेप्से

आइतबार, ०२ फागुन २०७७, १६ : १६ मा प्रकाशित

आज यी १० कम्पनीका लगानीकर्ता हिस्स !

साताको पहिलो दिन आज (आइतबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक ३३.३३ अंकले घटेर २४९३.५९ अंकमा पुगेको हो  । नेप्से १.३२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ९.३१ अंकले घटेर ४५४.१२ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड ४८ लाख ५१  हजार ५९२  कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८  हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

सेयर बजार घट्दा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ वित्तीय संस्था लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी घाटा व्यहोरेका छन् । 

6028fc78dd0d7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको