Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आइतबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

आइतबार, ०२ फागुन २०७७, १६ : ३६ मा प्रकाशित

यी हुन् आइतबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

साताको पहिलो दिन आज (आइतबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक ३३.३३ अंकले घटेर २४९३.५९ अंकमा पुगेको हो  । नेप्से १.३२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ९.३१ अंकले घटेर ४५४.१२ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड ४८ लाख ५१  हजार ५९२  कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८  हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

त्यसैगरी, घटेकाे बजारमा नेकाे इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल पूनर्बिमा कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड र एनआइसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

602901ee5229e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको