Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार नयाँ उचाइमा, २ दर्जनभन्दा बढी कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

सोमबार, ०३ फागुन २०७७, १५ : २० मा प्रकाशित

सेयर बजार नयाँ उचाइमा, २ दर्जनभन्दा बढी कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज (सोमबार) सेयर बजार भारी अंकले बढेको छ । आज सेयर बजारले नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो  । नेप्से ३.७१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १५.३३ अंकले बढेर ४६९.४४ अंकमा पुगेको छ ।
कुल २ सय ५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७  हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
स्टकका अनुसार आज कारोबार भएका कूल १२ वटै  वटा उपसमूहको सेयर घटेको छ । त्यसैगरी, आज २ दर्जनभन्दा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ  । ११ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ७० करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

602a4147df16c.JPG 602a414ca5b31.JPG 602a414f1819f.JPG 602a41520fdf6.JPG 602a415648b45.jpg 602a415a5e959.JPG 602a415d52ce0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको