Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार लघुवित्तका लगानीकर्ता मालामाल !

नेप्से

सोमबार, ०३ फागुन २०७७, १५ : ५४ मा प्रकाशित

सोमबार लघुवित्तका लगानीकर्ता मालामाल !

आज (सोमबार) सेयर बजार भारी अंकले बढेको छ । आज सेयर बजारले नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो  । नेप्से ३.७१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १५.३३ अंकले बढेर ४६९.४४ अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७  हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

सेयर बजार बढ्दा  २ दर्जनभन्दा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ  । आज ११ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

सोमबार लघुवित्त कम्पनीको नाफामा उछाल आएको हो । आज आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, किसन लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त विकास बैंक, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् ।
 

602a48b799bbc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको