Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ता हिस्स

नेप्से

सोमबार, ०३ फागुन २०७७, १६ : १४ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ता हिस्स

आज (सोमबार) सेयर बजार भारी अंकले बढेको छ । आज सेयर बजारले नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो  । नेप्से ३.७१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १५.३३ अंकले बढेर ४६९.४४ अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७  हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

सेयरबबजारमा उछाल आउँदा पनि आज ६ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् आज पन्चकन्या माई हाइड्रोपावर लिमिटेड, सानिमा बैंक लिमिटेडको ऋणपत्र २०८५, एनआईसि एशिया ऋणपत्र २०८१/८२, एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार सेयर,  १०.२५%  एनआईसि एशिया ऋणपत्र ८३/८४ र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका हुन् । 

602a4d2f9df31.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको