Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उछाल आउँदा यी कम्पनीको सर्वाधिक कारोबार

नेप्से

सोमबार, ०३ फागुन २०७७, १६ : २६ मा प्रकाशित

सेयर बजारमा उछाल आउँदा यी कम्पनीको सर्वाधिक कारोबार

आज (सोमबार) सेयर बजार भारी अंकले बढेको छ । आज सेयर बजारले नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो  । नेप्से ३.७१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १५.३३ अंकले बढेर ४६९.४४ अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७  हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

आज कारोबार रकमको आधारमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ७० करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । 

त्यसैगरी, क्रमशः नबिल बैंक लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, एनआईसि एशिया बैंक लिमिटेड, नेको इन्सुरेन्स कम्पनि लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल  पुनर्बीमा कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।
 

602a501501da1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको