Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी १० कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

मंगलबार, ०४ फागुन २०७७, १५ : ४२ मा प्रकाशित

मंगलबार यी १० कम्पनीका लगानीकर्ता मालामाल

आज (मंगलबार) पनि सेयर बजारले उकालो यात्रा तय छ । आज सेयर बजारले २६ सयको बिन्दु पार गरी नयाँ रेकर्ड कायम राखेको हो । कारोबारको प्रारम्भमै बढेको सेयर बजार २६३० को बिन्दुमा पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।

आज नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंकमा पुगेको हो  । नेप्से ०.६० प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  ४.०९ अंकले बढेर ४७३.५३ अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३  करोड ५४ लाख ५४  हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

मंगलबार चन्द्रागिरी हिल्स लिमिटेड, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड,  कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सनराइज फस्ट म्युचुअल फण्ड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र एनएमबि बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन् । 

यी हुन् मंगलबार नाफा आर्जन गर्ने १० कम्पनी :-

602b9aa770768.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको