Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

मंगलबार, ०४ फागुन २०७७, १५ : ५६ मा प्रकाशित

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (मंगलबार) पनि सेयर बजारले उकालो यात्रा तय छ । आज सेयर बजारले २६ सयको बिन्दु पार गरी नयाँ रेकर्ड कायम राखेको हो । कारोबारको प्रारम्भमै बढेको सेयर बजार २६३० को बिन्दुमा पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।

आज नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंकमा पुगेको हो  । नेप्से ०.६० प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  ४.०९ अंकले बढेर ४७३.५३ अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३  करोड ५४ लाख ५४  हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेड,  ङादी ग्रुप पावर लिमिटेड र हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी घाटा व्यहोरेका छन्  ।

602b9a7e8b8a0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको