Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका सर्वाधिक काराेबार गर्ने १० कम्पनी

नेप्से

मंगलबार, ०४ फागुन २०७७, १६ : १० मा प्रकाशित

यी कम्पनीका सर्वाधिक काराेबार गर्ने १० कम्पनी

आज (मंगलबार) पनि सेयर बजारले उकालो यात्रा तय छ । आज सेयर बजारले २६ सयको बिन्दु पार गरी नयाँ रेकर्ड कायम राखेको हो । कारोबारको प्रारम्भमै बढेको सेयर बजार २६३० को बिन्दुमा पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।

आज नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंकमा पुगेको हो  । नेप्से ०.६० प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  ४.०९ अंकले बढेर ४७३.५३ अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३  करोड ५४ लाख ५४  हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

त्यसैगरी, बढेकाे बजारमा नबिल बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, सिद्धार्थ बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड र नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

 यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

602b9db977a6b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको